Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

२१.३ प्रतिशतसँग डिम्याट खाता,धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक

२१.३ प्रतिशतसँग डिम्याट खाता,धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक

अर्थ प्लस
२१.३ प्रतिशतसँग डिम्याट खाता,धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक

काठमाडौं, जेठ १५ । गत वर्षको फागुन मसान्तसम्म डिम्याट (हितग्राही खाता) खाता लिने नागरिकको संख्या कुल जनसंख्याको २१.३ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म डिम्याट खाता ६२ लाख २४ हजार नेपालीमा पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८० ०८१ अनुसार पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा बढेको छ । २०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता थियो ।

गत असार मसान्तसम्म करिब ८.९ प्रतिशतले बढेर ५८ लाख २३ हजार पुगेको छ । २०८० असार मसान्तसम्म करिब ४८ लाख २६ हजार रहेको मेरो शेयर खाताको संख्या पनि ५२ लाख ६४ हजार पुगेको छ । यो कुल जनसंख्याको १८.०३ प्रतिशत हो ।

फागुन मसान्तसम्ममा सबैभन्दा बढी लगानीकर्ता बागमतीमा ३७.२२ र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशतमा डिम्याट खाता रहेको छ । 

कर्णाली प्रदेशमा १ लाख ५१ हजारमा डिम्याट खाता छ भने बागमतीमा २३ लाख १२ हजारमा डिम्याट खाता छ ।

डिम्याट खाता भनेको हो ?

अभौतिकीकरण गरिएका शेयर भण्डारण खोलिने खाता नै डिम्याट खाता हो । यसलाई हितग्राही खाता पनि भनिन्छ । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्नको लागि डिपी मार्फत् सम्पूर्ण विवरणहरू प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अङ्कको पृथक परिचय नै हितग्राही परिचय नम्बर हो । यसलाई नै डिम्याट नम्बर भनिन्छ  । 

 

सम्बन्धित समाचार