Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन बीमकको व्यापार १.२१ खर्ब, शिर्षस्थानमा नेपाल लाइफ(सूचीसहित)

जीवन बीमकको व्यापार १.२१ खर्ब, शिर्षस्थानमा नेपाल लाइफ(सूचीसहित)

अर्थ प्लस
जीवन बीमकको व्यापार १.२१ खर्ब, शिर्षस्थानमा नेपाल लाइफ(सूचीसहित)

काठमाडौं, जेठ १६ । चालु आर्थिक वार्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ ईन्स्योरेन्सले संकलन गरेको छ । 

१० महिनामा नेपाल लाइफले ३२ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड बीमाशुल्क संकलन गर्दा लाइफ ईन्स्योरेन्स कर्पाेरेशनले १४ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । 

यसैगरी, हिमालयन लाइफले १३ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले ७ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

कुन कम्पनीले कति बीमाशुल्क संकलन गर्यो ?

 

 

सम्बन्धित समाचार