Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपाल पुनर्बीमाको एजीएम सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल पुनर्बीमाको एजीएम सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

अर्थ प्लस
नेपाल पुनर्बीमाको एजीएम सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, जेठ  १७ । नेपाल पुनर्बीमा कम्पनीको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा आज बिहिबार सभा सम्पन्न भएको हो । 

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९/८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गतेका दिनलाई बुक क्लोज मिति तोकेको थियो । 

 

सम्बन्धित समाचार