Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

एनएसईले पहिलो पटक भारतमा शुरु गर्‍यो ईभी इन्डेक्स,टाटा ग्रूपका ४ कम्पनी

एनएसईले पहिलो पटक भारतमा शुरु गर्‍यो ईभी इन्डेक्स,टाटा ग्रूपका ४ कम्पनी

अर्थ प्लस
एनएसईले पहिलो पटक भारतमा शुरु गर्‍यो ईभी इन्डेक्स,टाटा ग्रूपका ४ कम्पनी

भारतको शेयर बजार सञ्चालक नेशनल सेक्युरिटी एक्सचेञ्ज(एनएसई) ले पहिलो पटक ईभी सूचाकांक(इन्डेक्स) लञ्च गरेको छ ।

उक्त इन्डेक्समा ३३ वटा ईभी कम्पनी सूचीकृत छन् । जसमा टाटा ग्रूपका मात्रै चार वटा कम्पनीहरु समावेश छन् ।एनएसईका अनुसार उक्त सूचाकांकमा अटो, आईटी,केमिकल्स, क्यापिटल गुड्स, तेल तथा ग्यास सम्बद्ध कम्पनीहरु छन् ।

यो सूचकांकले ईभी खण्डसँग सम्बन्धित कम्पनीहरूलाई ट्र्याक गर्नेछ। सूचकांकको आधार मिति अप्रिल २०१८ हो र बेस भ्यालू १ हजार तोकिएको छ। यो सूचकांकमा टाटा समूहका ४ वटा कम्पनी परेका छन् ।

 सूचकांकमा अटो क्षेत्रको भार ७२.१३ प्रतिशत रहेको छ । एनएसई भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज हो । 

भारतको शेयर बजारको आकारमा भइरहेको बृद्धि त्यहाँको अर्थतन्त्रको मजबूति र तीव्र गतिमा बढिरहेको विश्वको मुख्य अर्थतन्त्रको झलक भएको बजार विश्लेषकहरुले बताएका छन् ।

सम्बन्धित समाचार