काठमाडौँ, जेठ २० । अदानी ग्रूपका अध्यक्ष गौतम अदानी पुन : एशियाकै सबैभन्दा धनाढ्य बन्न सफल भएका छन् । उनी भारतकै अर्बपति व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका छन् ।
अमेरिकी व्यापारिक पत्रिका ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औं स्थानमा छन् । अदानी ग्रूपको शेयरमूल्यमा भएको बृद्धिका कारण उनको सम्पति बढेको हो ।
धितोपत्र बजारमा अदानी इन्टरप्राइजेज,अदानी पावर लिमिटेड,अदानी विल्मार,अदानी ग्रीन एनर्जी लिमिटेड,अदानी टोटल ग्यास लिमिटेड,अदानी ट्रान्समिसन लिमिटेड,अदानी पोर्ट्स लगायत १० वटा कम्पनीहरु सूचीकृत छन् । मे ३१ मा अदानी ग्रूपका सबै १० वटा कम्पनीको शेयरमूल्य बढेको थियो । जसमा अदानी टोटल ग्यासको शेयर सबैभन्दा बढी ९.४० प्रतिशतले बढेको थियो ।
अदानी भारतको सबैभन्दा ठूलो निजी बन्दरगाहको मालिक हो पनि हुन् ।अदानीको नेतृत्वमा अहमदाबादको अदानी ग्रूपले मुख्यतया पूर्वाधार क्षेत्रमा काम गर्दै हाअएको छ। यो देशको सबैभन्दा ठूलो निजी पोर्टको स्वामित्वमा छ र विश्वव्यापी कोइला व्यापारमा प्रमुख भूमिका खेल्छ। अदानी इन्टरप्राइजेज भने गौतम अदानी ग्रूपको प्रमुख कम्पनी हो।
उता रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी भने उक्त सूचीको १२ औं स्थामा झरेका छन् । अदानीको कुल सम्पत्ति यो वर्ष २६.८ अर्ब डलर बढेर १११ अर्ब डलर पुगेको छ । उता अम्बानीको सम्पत्ति पनि १२.७ अर्ब डलर बढेर १०९ अर्ब डलर पुगेको छ ।
धितोपत्रमा चलखेल र लेखासम्बन्धी जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम गत वर्ष यो श्रेणीबाट तल झरेका थिए ।उक्त प्रतिवेदन सार्वजनिक भएयता अदानी ग्रूपले धितोपत्र बजारमा आफ्नो ११ अर्ब डलर मूल्य गुमाएको थियो।
ब्लुमबर्गका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको शिर्षस्थानमा फ्रान्सेली अरर्बपति व्यापारी बनार्ड अर्नाल्ट छन् । उनी संसारको सबैभन्दा धनी व्यापारी हुन् ।उनीपछि अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क दोस्रोमा छन् ।
त्यसपछि अमेजनका संस्थापक जेफ बेजोस तेस्रो स्थानमा छन् भने मेटाका संस्थापक मार्क जुकरबर्ग चौथो स्थानमा छन् ।
