Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

दोहोरो अकंले घट्यो शेयर बजार, १३ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

दोहोरो अकंले घट्यो शेयर बजार, १३ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

अर्थ प्लस
दोहोरो अकंले घट्यो शेयर बजार, १३ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

काठमाडौं, असार ४ । शेयर बजार आज पनि ओरालो लागेको छ । योसँगै बजार लगातार तीन दिन घटेको हो । आजदिन भरी शेयर बजारलाई आयकर बढ्ने कुराले त्रसित गराएको हो ।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ । जुन कर हालको भन्दा साढे २ प्रतिशत विन्दु बढी हो ।

शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

SHARE-4-2.jpg

यसदिन बरुण हाइड्रोपावरको ११ करोड ३७ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको ११ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

 

सम्बन्धित समाचार