Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा

सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा

काठमाडौँ, असार ५ । व्यवस्थापनमा समस्या भएको सुर्यज्योति लाइफका संस्थापक शेयरधनीहरुले धमाधम आफूसँग भएको शेयर बिक्री गर्न थालेका छन् । पछिल्लो पटक सञ्चालक समितिमा शेयर बिक्री गर्न निवेदन दिने क्रम बढिरहेको छ । हिजो तीन लाख कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेकोमा आज पुनः थप पाँच लाख भन्दा बढि शेयर पनि बिक्रीका लागि सूचना जारी गरेको छ ।

कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीका कारण कम्पनीको व्यवसाय बृद्धिमा समस्या मात्रै परेको होइन, बीमाको सिद्धान्त विपरितका कार्यहरुले गर्दा बद्नाम बन्दै गइरहेको छ।

आज प्रकाशित सूचना अनुसार सुर्यज्योति लाइफका थुप्रै संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न चाहेको उल्लेख छ । संस्थापक शेयरधनीहरुले कम्पनीको सञ्चालक समितिका दिएको निवेदनमाथि छलफल हुँदा पहिलो चरणमा संस्थापक शेयरधनीहरुले नै उक्त शेयर खरिद गर्न चाहेमा ३५ दिनभित्र उक्त शेयर खरिद गर्न आह्वान गरिएको छ । सो समयभित्र संस्थापक शेयरधनीहरुले शेयर किन्न नचाहेमा सर्वसाधारणको लागि बिक्री हुनेछ ।

हाल संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । एनआईसी एसिया बैंकले लामो समयको प्रयासपछि पनि बिक्री गर्न नसकेको शेयर सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।

 

सम्बन्धित समाचार