Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं, असार ६ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ ।

यो शेयर विद्यमान संस्थापक शेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ ।

उक्त शेयर किन्न चाहनेले शेयर संख्या र सोको मूल्यसमेत खुलाई असार १२ गतेसम्म काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

सम्बन्धित समाचार