Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

११ महिनामा २३ अर्ब ६५ करोडको सुन भित्रियो

११ महिनामा २३ अर्ब ६५ करोडको सुन भित्रियो

अर्थ प्लस
११ महिनामा २३ अर्ब ६५ करोडको सुन भित्रियो

काठमाडौं, असार ७ । चालु आर्थिक वर्ष २०८०/०८१  को ११ महिनामा २ हजार ६५२ केजी सुन आयात भएको छ । २०८० साउन देखि २०८१ जेठ मसान्तसम्म २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार ३ वटा देशबाट उक्त परिमाणमा सुन भित्रिएको हो । यूनाईटेड अरब ईमिरेट्स (यूएई), टर्की र भारतबाट उक्त सुन आयात भएको हो । यूएईबाट २२ अर्ब २५ करोड ८४ लाख रुपैयाँको २ हजार ५ सय केजी ५०० ग्राम सुन भित्रिएको छ भने टर्कीबाट १ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको १५० केजी सुन आयात भएको छ । 

त्यसैगरी, भारतबाट १.३६ केजी सुन आयात भाएको भन्सार विभागले जनाएको छ । उक्त सुन आयातबाट ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।  

 

सम्बन्धित समाचार