काठमाडौं, असार १३ । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देवेश प्रसाद लोहनी नियुक्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको गत असार ९ गतेको निर्णय अनुसार यसअघि उपकार्यकारी अधिकृत रहेका लोहनीलाई रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।
२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका उनले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तरराष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।
