Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

अर्थ प्लस
साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

काठमाडौँ, असार १९ । किलोवाट ढाँटेर विद्युतीय गाडि आयात गरी अर्बौ राजस्व छलि गरी गरेको चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीलाई उपभोक्तालाई आवश्यकता भन्दा बढी मूल्य असुलि गरेको तथ्य बाहिर आएको हो ।

५० देखि १०० किलोवाटसम्मका बिवाईडीको एट्टो ३ ईभी गाडि भन्सार बिन्दुसम्म आइपुग्दा २८ लाख ५९ हजार १९५ रुपैयाँ पर्ने गरेको छ । जसमा १३ प्रतिशत भ्याट र २५ प्रतिशत कर जोड्दासम्म ३९ लाख ४५ हजार ६८९ रुपैयाँ पर्छ । त्यसमा १० प्रतिशत अन्तशुल्क जोड्दा ४३ लाख ४० हजार २५७ रुपैयाँसम्म पुग्छ । तर, बिवाईडीले उक्त किलोवाटसम्मका गाठि ६५ लाख ८८ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।

बिवाईडी बिक्रेता साइमेक्स इंकले एउटै गाडिबाट २२ लाख ४७ हजार नाफा असुल्दै आइरहेको छ । शो रुम संचालन र जनशक्तिको खर्च थप ५ प्रतिशत जोड्दा समेत कम्पनीले धेरै नाफा असुल गरेको देखिन्छ । यसमा आयातकर्ताले आफ्नो नाफा जोडेर बिक्री गर्छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशत नाफा लिन पाउने व्यवस्था गरेको छ । तर, कानुनको धज्जी उडाउँदै आइरहेको साइमेक्सले उपभोक्ता माथि ब्रहलुट गरेको छ । जसमा कम्पनीले ३४ प्रतिशत भन्दा बढी नाफा लिएको देखिन्छ ।

यसअघि, बिवाईडीको ई–सिक्स मोडेलको कार आयातमा न्यून बिजकीकरण गरेको भन्दै भन्सार विभागले साइमेक्स इंकमाथि करोडौं रुपैयाँ जरिमाना गराएको थियो । बिवाईडी ई–सिक्स गाडी नेपाल भित्र्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य र वास्तविक मूल्य फरक भएको विभागले फेला पारेको थियो ।

साइमेक्सले सोबेला प्रतिगाडी करिब १० लाख रुपैयाँ न्यून बिजकीकरण गरेर राजस्व छली गरेको थियो । मुनाफाको अधिकतम् हिस्सासहित सो गाडी २२ लाख रुपैयाँको हाराहारीमा बिक्री गर्नुपर्नेमा साइमेक्सले साढे ५७ लाख रुपैयाँमा बिक्री गरेको आरोप छ ।

सरकारले गाडीको क्षमता (किलोवाट)का आधारमा कर निर्धारण गर्दै आएको छ । बजेटपछि आएको आर्थिक विधेयक २०८१ को करको दरनुसार ५० किलोवाटसम्मका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । त्यसअघिसम्म अन्तःशुल्क थिएन, १० प्रतिशत भन्सारदर थियो ।

यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ । यस क्षमताका गाडीमा त्यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । १०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क रहेको छ । त्यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो ।

ट्राभलर चार्जर निकालेर घोटाला

साइमेक्स इंक प्रालीले गाडीमै आउने ट्राभलर चार्जर झिकेर ग्राहकलाई नै बिक्री गर्ने गरेको तथ्य पनि बाहिर आएको छ । कम्पनीले रसुवाको भन्सार कटेपछि सबै गाडिबाट ट्राभलर चार्जर निकालेर एउटै गाडीमा ल्याउने र त्यसलाई ५४ हजारदेखि ६४ हजारसम्म बिक्री गरेको पाइएको हो ।

कम्पनीले एट्टो ३ गाडीमा आउने ट्राभलर चार्जरलाई निकाल्ने पछि बिक्री गर्ने गरेको साइमेक्सकै एक कर्मचारीले बताए । ट्राभलर चार्जर गाडिमा आउने गर्छ तर साइमेक्सले निःशुल्क दिनुपर्नेमा उक्त चार्जर निकालेर छुटै बिक्री गर्ने गरेको उक्त कर्मचारीले बताए । ग्राहकले छुट माग्दा ६४ हजारको चार्जर फ्रिमा भनेर पनि दिने गरेको छ ।

‘भन्सारबाट कटेर आइसकेपछि एट्टो ३ मा आउने चार्जर झिक्ने गरीन्छ । पछि ट्राभलर चार्जर बजारमा लगेर ग्राहकलाई ५० हजार भन्दा माथि बिक्री भइरेहेको छ’ उनले भने, ‘यसरी बिक्री गर्दा ग्राहक त ठगिएकै छन् भन्सार राजस्व पछि ट्राभलर चार्जरबाट छलि भइरहेको छ ।’

सम्बन्धित समाचार