Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु, यस्ता छन् अफर

हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु, यस्ता छन् अफर

अर्थ प्लस
हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु, यस्ता छन् अफर

काठमाडौँ, असार २१ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यहि असार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदा लिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नुहुनेछ । उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।
ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुन गइरहेको छ ।

 

सम्बन्धित समाचार