Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

दिगोले आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

दिगोले आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

अर्थ प्लस
दिगोले आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

काठमाडौँ, असार २४ । विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ।

१०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ। 

विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमीटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमीटरसम्म गुड्ने कम्पनीले दाबी गरेको छ। 

बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरू व्यवसायीका लागि एकदम लाभदायी छन्। दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीभन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुनेगरी यी गाडीहरू भित्राउन लागेको बताएको छ।   

बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर विद्युतीय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। बुकिङ खुलेको थोरै समयमा नै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि उसले बताएको छ ।

दिगो ग्रूप नेपालमा पछिल्लो दशकदेखि विद्युतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ। यो नेपालमा डीएफएसके, सिएचटिसी मोटर्स, जेएसी ईभी गाडीहरूको साथै विश्वकै सबैभन्दा ठूलो चार्जर कम्पनी स्टारचार्जको अधिकारक वितरक पनि हो। 

 

सम्बन्धित समाचार