Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं

टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं

अर्थ प्लस
टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या, च्यासिसनै काम नलाग्ने स्कुटर धमाधम बिक्री गरिदैं

काठमाडौँ, असार २६ । टीभीएस आईक्युब स्कुटरमा गम्भिर समस्या देखिएको छ । स्कुटरको मुख्य खण्ड च्यासिसमै गम्भिर समस्या आएर भारतमा चर्को विवाद भइरहेको टिभिएस आईक्युव विद्युतीय स्कुटर चढ्नु यात्रुको लागि घातक देखिएको छ । उत्पादक राष्ट्र भारतमा टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको च्याँसिसमा गम्भिर समस्या देखिएपछि बिक्री भइसकेको ४५ हजार ग्राहकबाट फिर्ता गर्न आह्वान गरिएको छ । ग्राहकले लगिसकेका स्कुटर समेत फिर्ता गर्न भनिएको छ । यसो भन्नुको पछाडि उक्त स्कुटरको च्यासिसमा गम्भिर समस्या रहेको तथ्य समेत भारतीय सञ्चार माध्यमहरुले उजागर गरेका छन् ।

टीभीएस आइक्यूबको च्यासिस कुनै पनि दुर्घटना नहुँदै आफै बीचबाट भाँचिने समस्या देखिएको थियो । सो समस्यापछि कम्पनीले २०२३ को जुलाई १० देखि सेप्टेम्बर ९, २०२३ सम्म उत्पादन भएका आईक्युब स्कुटर फिर्ताका लागि ग्राहकलाई आग्रह गरेको छ । कम्पनीले उक्त मोडलको आफ्नो स्कूटर नचढ्न र फिर्ता गरेर नयाँ लैजान वा रकम फिर्ता लैजान भनेको छ ।

उक्त स्कुटर नेपाली बजारमा समेत धमाधम बिक्री वितरण भइरहेको छ । कम्पनीले समस्या देखाएका स्कुटर नेपाली बजारमा जगदम्बा मोटर्सले बिक्री गर्दै आइरहेको छ । तर, समस्याग्रस्त आईक्युब स्कुटर फिर्ता गर्ने विषयमा कुनै चासो दिइएको छैन ।

यातायात ब्यवस्था विभागले गुणस्तर परिक्षण नगरी जथाभावि दुई पाङ्ग्रे साधन आयात र बिक्रीका लागि अनुमति दिदै आइरहेको छ । जसका कारण च्यासिसमै समस्या भएको टीभिएस आईक्युब स्कुटर बिक्री हुँदै आएको छ । यात्रुको जीवन नै जोखिममा पार्ने टिभिएसको आईक्यव स्कूटर तपाईहरु पनि किन्दै हुनुहुन्छ भने मोडल हेरेर किन्न होला । अन्यथा भारतमा जस्तै सिकार बन्नुहुनेछ । साथै उक्त मोडलका स्कुटरहरु चढिरहनु भएको छ भने तत्कालै ट्राफिक प्रहरी वा यातायात कार्यालयमा लिखित उजुरी दिई फिर्ता गर्ने व्यवस्था मिलाईदिन माग गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार