Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन बीमा कम्पनीको व्यापार डेढ खर्बभन्दा बढी, नेपाल लाइफ सबैभन्दा अगाडी (सूचीसहित)

जीवन बीमा कम्पनीको व्यापार डेढ खर्बभन्दा बढी, नेपाल लाइफ सबैभन्दा अगाडी (सूचीसहित)

अर्थ प्लस
जीवन बीमा कम्पनीको व्यापार डेढ खर्बभन्दा बढी, नेपाल लाइफ सबैभन्दा अगाडी (सूचीसहित)

काठमाडौँ, साउन २ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा जीवन बीमा व्यवसाय ९.८० प्रतिशतले बढेको हो । 

गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । 

गत आवमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकनल गरेको छ । उक्त कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकनल गर्दा नेशनल लाइफले १९ अर्ब २० करोड रुपैयाँ संकलन गरेको छ । 

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ अर्ब ९ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ? सूचीसहित

स्रोत : नेपाल बीमा प्राधिकरण

 

सम्बन्धित समाचार