Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज मौद्रिक नीति सार्वजनिक नहुने

आज मौद्रिक नीति सार्वजनिक नहुने

अर्थ प्लस
आज मौद्रिक नीति सार्वजनिक नहुने

काठमाडौँ, साउन ४ । चालू आर्थिक वर्षका लागि शुक्रबार सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तयारी नपुगेकाले शुक्रबार अपरान्ह ४ बजे आउने भनिएको मौद्रिक नीति केहि दिनका लागि पर सारिएको छ । 

स्रोतकाअनुसार केहि ठाउँबाट आउनुपर्ने तथ्यांक पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्तिथि पनि केहि परिवर्तन भएकाले मौद्रिक नीतिको लागि तयारी अपुग भएको हो। सम्पूर्ण तयारी पुगेको अवस्थामा आउँदो साता मंगलबारसम्ममा मौद्रिक नीति सार्वजनिक हुने स्रोतले बताएको छ ।

शुक्रबार विहान नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको भएता पनि एजेन्डामा मौद्रिक नीति नै समावेश नभएको पाइएपछि केहि बेरसम्म सञ्चालकहरु पनि अलमलमा परेका थिए। तयारी नपुगेकाले मौद्रिक नीति सार्वजनिक गर्नलाई अर्को मिति तय गरिएको जानकारी गभर्नर महाप्रसाद अधिकारीले गराएपछि मात्र केहि सञ्चालकले यसबारे मेसो पाएका थिए। 

यसअघि राष्ट्र बैंकले आफ्नै नवनिर्मित भवनबाट मौद्रिक नीति सार्वजनिक गर्नेगरि सम्पूर्ण तयारी गरेको थियो। गभर्नरको निर्देशनमा सम्पूर्ण तयारी समेत भइसकेको थियो। 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा डा युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उनको पनि केहि चासो रहने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति केहि पर सारिएको आकलन गरिएको छ। गभर्नरले नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइसकेका थिए।

सम्बन्धित समाचार