Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंक,आजै बोलकबोल

४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंक,आजै बोलकबोल

अर्थ प्लस
४० अर्ब रुपैयाँ झिक्दै नेपाल राष्ट्र बैंक,आजै बोलकबोल

काठमाडौँ, साउन ९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि बुधबार पुन : ४० अर्ब रुपैयाँ झिक्ने तयारी गरेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

वित्तीय प्रणालीमा पैसा धेरै भएपछि ब्याजदर तल झर्न नदिनका लागि राष्ट्र बैंकले केही दिन यता बजारबाट पैसा झिक्दै आइरहेको छ ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

सूचनामा निक्षेप संकलन खरिदका लागि बुधबार अपरान्ह ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई भनिएको छ। जसमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार