Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

असल कर्जाका लागि १.१ % मात्र नोक्सानी व्यवस्था

असल कर्जाका लागि १.१ % मात्र नोक्सानी व्यवस्था

अर्थ प्लस
असल कर्जाका लागि १.१ % मात्र नोक्सानी व्यवस्था

काठमाडौँ, साउन ११ । बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि १.१ प्रतिशतमात्र नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकको नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् 

जसअनुसार  हाल बैंकहरुले यस्ता कर्जामा १.२ प्रतिशत नोक्सानी व्यवस्था गर्ने गरेकामा ०.१ प्रतिशत बिन्दुले घटाइएको छ । नोक्सानीको व्यवस्था घटाएसँगै बैंकहरुले गर्दै आएको प्रोभिजन करिब १.१ अर्ब रुपैयाँले घट्ने भएको छ ।

हाल बैंकहरुले असल कर्जाका लागि १३ अर्ब २५ करोड रुपैयाँ प्रोभिजन गरेकामा नयाँ व्यवस्थाअनुसार १२ अर्ब १४ करोड रुपैयाँ मात्र प्रोभिजन गरे पुग्नेछ । 

 

 

सम्बन्धित समाचार