Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

भ्रष्ट उर्जा मन्त्रीद्वारा विद्युत प्राधिकरणका इमान्दार संचालकलाई स्पष्टीकरण

भ्रष्ट उर्जा मन्त्रीद्वारा विद्युत प्राधिकरणका इमान्दार संचालकलाई स्पष्टीकरण

अर्थ प्लस
भ्रष्ट उर्जा मन्त्रीद्वारा विद्युत प्राधिकरणका इमान्दार संचालकलाई स्पष्टीकरण

काठमाडौं, साउन १६  लैनचोर स्थिर नेपाल इस्काउटको सरकारी जग्गा कब्जा गर्ने भ्रष्ट सांसद दिपक खड्का उर्जा मन्त्री बनेदेखि माफिया र भ्रष्टाचारीहरु हाईहाई गर्ने थालेका छन् भने इमान्दार कर्मचारीहरु त्रसित बन्न पुगेका छन् । नेपाल विधुत प्राधिकरणको विद्युत उपयोग गरेबाट तिर्नुपर्ने शुल्क नबुझाई वक्यौता राख्ने व्यापारीहरुको पक्षमा उर्जा मन्त्री उभिएका छन् ।

जनताका बिचमा भ्रष्टाचारी भनेर गन आएका र पावरको भरमा लैनचोरको करौडौ मूल्यका सरकारी जग्गा कब्जा गरेका उर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका इमान्दार दुई संचालकलाई स्पष्टीकरण सोध्न लगाएका छन् । प्राधिकरणका संचालक भक्त बहादुर पुन र अर्का संचालक कपिल आर्चायलाई कारबाही गर्ने कुत्सित अभिप्राय राखेर, कारबाही गर्ने निहितले स्पष्टीकरण सोध्न मन्त्रीले निर्देशन दिएका हुन् ।

प्राधिकरण केहि साता अघि वक्यौता नतिर्ने ६ वटा कम्पनीमा विद्युत कटौती गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशनपछि पनि वक्यौता नतिरि लाइन जोड्न नहुने मत राख्ने दुई संचालकलाई मन्त्री खड्काले स्पष्टीकरण सोध्न लगाएका हुन् ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । संचालकहरुलाई प्राधिकरण ऐन २०४१ को दफा २५ बमोजिम मन्त्रीस्तरीय निर्णयमार्फत स्पष्टीकरण सोधिएको छ ।

 

सम्बन्धित समाचार