Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

दिपलको पोखरा क्षेत्रको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रालि नियुक्त

दिपलको पोखरा क्षेत्रको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रालि नियुक्त

अर्थ प्लस
दिपलको पोखरा क्षेत्रको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रालि नियुक्त

काठमाडौं, साउन १६ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको छ । 

नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास लिएको कम्पनीले बताएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने पनि कम्पनीको भनाइ छ ।

शोरुममा दिपलको एस ०७ र एल ०७ लगाएतका अन्य मोडेलहरु उपलब्ध हुने छन् । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराइने छ । दिपलको एस ०७ ई  एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सिंगल चार्जमा ४१० देखि ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मूल्य भने ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने पनि कम्पनीले बताएको छ ।

हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेन्टल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत तीन दशकभन्दा बढि समयदेखि यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैं आएको छ । यो समूहका अध्यक्षमा ध्रुव थापा छन् । उनी नाडाको निर्वतमान अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार