Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

अर्थ प्लस
राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

काठमाडौं, साउन १७ व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् ।

केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था संसोधन गरेको हो ।
आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमार्फत् व्यवसायीले उठाउँदै आएको मााग सम्बोधन गर्दै कार्यान्वयनलाई १ वर्ष थप गरेको छ ।

अन्तराष्ट्रिय मुद्रा कोषको दबाबमा राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गर्न भन्दै २०७९ कात्तिक १ गतेदेखि चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू गरेको थियो ।

‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालुपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेरमात्र नवीकरण गर्न पाइने व्यवस्था रहेको छ। मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ। संशोधिन निर्देशनमा भने ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं। ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदखि मात्र लागू हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

सम्बन्धित समाचार