Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन बीमा कम्पनीले एक महिनामा संकलन गर्यो ६ अर्ब ७८ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ?

जीवन बीमा कम्पनीले एक महिनामा संकलन गर्यो ६ अर्ब ७८ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ?

सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ र कम संकलन गर्ने मेट लाइफ

अर्थ प्लस
जीवन बीमा कम्पनीले एक महिनामा संकलन गर्यो ६ अर्ब ७८ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं, साउन २४  आर्थिक बर्ष २०८०/८१ को असार महिनामा जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एक महिनाको अवधीमा हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफले

एक महिनाको अवधीमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २६ प्रतिशत हिस्सा ओगटेको छ । 

सबैभन्दा कम मेट लाइफले 

एक महिनाको अवधीमा मेट लाइफ इन्स्योरेन्ले सबैभन्दा कम प्रथम बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २.१७ प्रतिशत हिस्सा ओगटेको छ ।

अन्य कुन कम्पनीले कति ? 

नेपाल लाइफपछि नेशनल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १३.२० प्रतिशत हिस्सा ओगटेको छ ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले एक महिनामा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ७.८९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै, हिमालयन लाइफले ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा क्षेत्रको ७.८२ प्रतिशत हिस्सा हो । 

सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ७.६९ प्रतिशत हिस्सा ओगटेको छ ।एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५.९६ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५.३० प्रतिशत हिस्सा ओगटेको छ । 

सानिमा रिलायन्स लाइफले ३५ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५.२३ प्रतिशत हिस्सा ओगटेको छ । आइएमई लाइफले एक महिनामा २८ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४.१९ प्रतिशत हिस्सा ओगटेको छ ।

प्रभु महालक्ष्मी लाइफले २६ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.८९ प्रतिशत हिस्सा ओगटेको छ ।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीले २५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.७७ प्रतिशत हिस्सा ओगटेको छ । 

सन नेपाल लाइफले २४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.५६ प्रतिशत हिस्सा ओगटेको छ । 

रिलायबल नेपाल लाइफले २२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३.२८ प्रतिशत हिस्सा ओगटेको छ । 

सम्बन्धित समाचार