Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अर्थ प्लस
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, साउन २४ । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ । 

शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको जापानका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। 

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ। 

सम्बन्धित समाचार