Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

सिप्रदी ट्रेडिङले साउनमै ल्यायो दसैँ अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने

सिप्रदी ट्रेडिङले साउनमै ल्यायो दसैँ अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने

अर्थ प्लस
सिप्रदी ट्रेडिङले साउनमै ल्यायो दसैँ अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने

काठमाडौं, साउन २५ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा साउन २५ गते देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।  

यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।  

साथै साउनमै दसैँ कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।  यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका बिद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 

सम्बन्धित समाचार