Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

कुलमानको प्रेसमिट : ९९ प्रतिशत घरमा बिजुली पुगेकोदेखि ८२ अर्ब नाफा कमाएको दाबी

कुलमानको प्रेसमिट : ९९ प्रतिशत घरमा बिजुली पुगेकोदेखि ८२ अर्ब नाफा कमाएको दाबी

अर्थ प्लस
कुलमानको प्रेसमिट : ९९ प्रतिशत घरमा बिजुली पुगेकोदेखि ८२ अर्ब नाफा कमाएको दाबी

काठमाडौं, साउन २५ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब नाफा कमाएको दाबी गरेका छन्। आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरणलाई अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा लगेको घिसिङले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

यस अवधिमा विद्युत् महशुल तीन पटकमा गरी २५ प्रतिशत घटाइए पनि प्राधिकरणको नाफामा कमी नआएको बताउँदै घिसिङले भने, '५९ लाख विद्युत् ग्राहकमध्ये करिब २२ लाख न्यूनतम शुल्क ३० रुपैयाँ भएका ग्राहकलाई नि:शुल्क ऊर्जा दिएको छ।'

२०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको नेतृत्व लिएका घिसिङले तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको दाबी गरे।

यस्तो छ घिसिङको दाबी

सम्बन्धित समाचार