Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

भदौ ११ देखि २६ सम्म चल्ने नाडा अटो शो २०२४ को तयारी पूरा, ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने

भदौ ११ देखि २६ सम्म चल्ने नाडा अटो शो २०२४ को तयारी पूरा, ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने

अर्थ प्लस
भदौ ११ देखि २६ सम्म चल्ने नाडा अटो शो २०२४ को तयारी पूरा, ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने

बिहिवार, साउन ३१ २०८१
काठमाडौँ - नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि २६ गतेसम्म नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दशकभन्दा अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै नाडाले यस बर्षको नाडा अटो शो आयोजना गर्ने तयारी गरेको हो । 

काठमाडौँको भृकुटी मण्डपमा हुने यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनीलाई टाटा ईभीले प्रायोजन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदर्शनीलाई सहप्रायोजन गरेको नाडाले जनाएको छ । 

आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रे २४ ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा छन् भने  ७ वित्तीय संस्थाहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन् । 

“नाडा अटो शोमा कुल ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टसहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्” नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

रणनीतिक साझेदारी र समर्थन

नाडा अटो शोको हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहेको छ । त्यसैगरी वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर रहेको छ । हिट्को प्रा.लि.ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्ने आयोजकले जनाएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स)ले गर्नेछ छ । 

अटोमोवाइल क्षेत्रलाई पुनर्जीवित गर्नका लागि नाडा अटो शो 

देशको आर्थिक मन्दीले नेपालको अटोमोवाइल क्षेत्रलाई प्रभावित गरिरहेको छ । वर्तमान अवस्थामा हुन लागेको नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीले आर्थिक गतिविधिलाई सक्रिय बताउन अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोवाइल व्यवसायीहरूको मनोवल माथि उठाउने विश्वास रहेको नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले बताए । 

चुनौतीको वावजुद प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता प्राप्त भएको उनले जानकारी दिए । यसले उद्योगीहरूमा आशा रहेको र उनीहरू अर्थतन्त्रलाई सक्रिय बनाउ लचिलो भएको कुराको संकेत गर्ने उनको भनाई छ । 

अटोमोबाइल प्रेमीहरूका लागि प्रमुख गन्तव्य

चाडपर्वको मौसम नजिकिदै गर्दा, आयोजना हुने नाडा अटो शो २०२४ ले अटोमोवाइल प्रेमीहरूका उत्साह भर्ने नाडाले जनाएको छ । प्रदर्शनीले नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने कार्यवाहक संयोजक बरालले बताए । 

अटोमोबाइल खरिद गर्नका लागि प्रदर्शनमानीमा वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरुको पनि लाभ उठाउन सकिनेछ । शोले आगन्तुकहरूलाई सवारी साधन खरिद निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्नेछ। 

उनले भने, “पछिल्लो समय आगन्तुक र प्रदर्शकहरूको बढ्‌दो संख्या अटोमोबाइलहरूको दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको सङ्केत गर्दछ, जुन पहिले विलासिता मात्र थियो।”

सुविधा र सुरक्षाका लागि व्यवस्थित

प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने उनले बताए । 

आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ। अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत, क्यासब्याक लाभ उठाउन सक्नेछन् । 

प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ, जसले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा सङ्कलन र प्रसारण गर्न सहयोग पुग्नेछ । 

सडक सुरक्षा र ट्राफिक नियमहरूको प्रतिबद्धतालाई ध्यानमा राख्दै, प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ।

प्रदर्शनीको आकर्षण र अपेक्षा

टाटा, ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

अतिरिक्त आकर्षणको रूपमा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रा.लि. द्वारा प्रायोजित गरिएको छ ।

सम्बन्धित समाचार