काठमाडौं, असोज १३ । शुक्रबारदेखिको अविरल वर्षाका कारण मान्डु हाइड्रोपावर लिमिटेड र अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई डुबाएको छ । स्वतन्त्र ऊर्जा उतपादकहरुको सस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले अर्थ कागज डट कमसँग भने-'मान्डु हाइड्रोपावर लिमिटेड र अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीले डुबाएको भनेर सुचना आएको छ ।
पाँचथरमा रहेको अरु जलविद्युत आयोजनामा पनि बाढीले असर गरेको सुचना आएको छ । कुन जलविद्युत कम्पनीमा कति क्षति भएको भनेर इप्पानबाट हामीले सवै जलविद्युत कम्पनीहरुलाई इमेल गरेका छौं । अहिलेसम्म बाढीले के कति ? क्षति भयो भनेर सुचना आइसकेको छैन् ।'
