Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाण्डौ, असोज ३० । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा,धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार)चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ ।

यसैगरी, झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उप–शाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए । 

प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए ।  

सम्बन्धित समाचार