Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

यूनाइटेड अजोड इन्स्योरेन्सको सिइओमा कमल गौतम नियुक्त, तीन दशक बढीको अनुभव

यूनाइटेड अजोड इन्स्योरेन्सको सिइओमा कमल गौतम नियुक्त, तीन दशक बढीको अनुभव

अर्थ प्लस
यूनाइटेड अजोड इन्स्योरेन्सको सिइओमा कमल गौतम नियुक्त, तीन दशक बढीको अनुभव

बुधवार, मंसिर २६ २०८१
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ४५औँ बैठकले आगामी चार वर्षका लागि गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विगत तीन दशक भन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्भालेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए सम्मको अध्ययन पूरा गरेका छन् ।

उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले गौतमलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कमा विश्वास राख्छन् । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिसँगै कम्पनी थप उचाईमा पुग्ने कुरामा गरिएको छ।

सम्बन्धित समाचार