Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भेटायो एपको नयाँ वर्ष अफर विशेष छुटदेखि आकर्षक भौचरहरू जित्न सकिने

भेटायो एपको नयाँ वर्ष अफर विशेष छुटदेखि आकर्षक भौचरहरू जित्न सकिने

भेटायो एपको नयाँ वर्ष अफर विशेष छुटदेखि आकर्षक भौचरहरू जित्न सकिने

२०८१,माघ  ६ गते
काठमाडौँ। भेटायो एपले यस नयाँ वर्षमा अद्भूत अफरहरूसँग सार्वजनिक गरेको छ । तपाईंको घरायसी समस्याको समाधानको लागि भरपर्दो साथी मानिएको भेटायोले तपाईंको जीवनलाई सहज र सुगम बनाउन भेटायोले सफा र चम्किलो घरको लागि विशेष छुटहरू ल्याएको हो ।

“यो नयाँ वर्ष, आफ्नो घरलाई चिटिक्क राख्न तयार हुनुहोस् ! सबै क्लिनिङ सेवामा २० प्रतिशत छुट पाउनुहोस् र आफ्नो घरलाई चिप्लो र स्वागतयोग्य बनाउनुहोस्,” अफर सार्वजनिक गर्दै भेटायोले भनेको छ ।

CLEAN2025 प्रोमो कोड प्रयोग गरेर आफ्नो क्लिनिङ सेवामा छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सो अफरअन्तर्गत लुगा धुने सेवा मात्र ९९ रुपैयाँ  प्रति किलोमा उपलब्ध  छ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा पाइनेछ ।साथै, भेटायोले यो नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन विभिन्न गेम र गिभअवेहरू आयोजना गरेको छ । जसमा भाग लिएर तपाईंले आकर्षक सेवा भौचरहरू जित्न सक्नुहुन्छ।

भेटायोले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नयाँ वर्षलाई झन्झटरहित र खुशीमय बनाउनुस् र भेटायो एपको सहायता लिएर तपाईंको सबै सेवा आवश्यकताहरू पूरा गर्नुस्। परिवार र साथीहरूसँग रमाइलो क्षणहरू बनाउन समय निकाल्नुस्, बाँकी जिम्मा हामीले लिन्छौँ ?” 

 

सम्बन्धित समाचार