Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्सेमा ५.०८ अंकको वृद्धि, कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

नेप्सेमा ५.०८ अंकको वृद्धि, कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

नेप्सेमा ५.०८ अंकको वृद्धि, कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

२०८१,माघ ८ गते

काठमाडौं। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा सुधार आउँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ । सेयर बजारमा सामान्य वृद्धि हुँदा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७६ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ५३ लाख ६० हजार रुपैंया, सुपरमादी हाइड्रोपावरको १६ करोड ४३ लाख ५१ हजार रुपैयाँ, माथिल्लो मैलुङखोला जलविद्युतको १५ करोड ८३ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

सम्बन्धित समाचार