Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

२०८१, माघ १० गते

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकहरूलाई ओ।पि।डी। टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्स–रेरयु।एस।जी।मा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ।

साथै बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार