Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्सेमा ११.१० अंकको गिरावट

नेप्सेमा ११.१० अंकको गिरावट

नेप्सेमा ११.१० अंकको गिरावट

२०८१,माघ  १० 

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यस दिन सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन यूनाइनेट इदीमार्दी आरबी हाइड्रोपावरको १९ करोड ५५ लाख ४८ हजार रुपैयाँ , सिन्धु विकास बैंकको १७ करोड १६ लाख ९३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १६ करोड ८६ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

सम्बन्धित समाचार