Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आइपिओ निष्कासन गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आइपिओ निष्कासन गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आइपिओ निष्कासन गर्ने

२०८१,माघ १० गते

काठमाडौँ। ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आइपिओमा न्यूनतम १० देखि अधिकत्म १० हजार कित्तासम्मका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीले १ लाख ८० हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँछ।

कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ। यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो। ३३ प्रतिशतमध्ये ३० बराबरको रकम उठाउन कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो ।

सम्बन्धित समाचार