Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ज्योति विकास बैंकले माग्यो कर्मचारी

ज्योति विकास बैंकले माग्यो कर्मचारी

ज्योति विकास बैंकले माग्यो कर्मचारी

२०८१,माघ ११ गते

काठमाडौं। ज्योति विकास बैंकले केही संख्यामा शाखा प्रबन्धक र रिलेसनशिप म्यानेजर पदमा कर्मचारी माग गरेको छ।

इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवसाय प्रशासन, वित्त, अर्थशास्त्र वा व्यवस्थापनका कुनै पनि विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

रिलेसनशिप म्यानेजरको क्रेडिट र मार्केटिङ विषयमा ज्ञान भएको र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको क्रेडिटसम्बन्धी अनुभव हुनुपर्नेछ भने शाखा प्रबन्धकको हकमा क्रेडिट र मार्केटिङ विषयमा ज्ञान भएको र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ।

रिलेसनशिप म्यानेजरको उमेर ३० ननाघेको तथा शाखा प्रबन्धकको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। 

सम्बन्धित समाचार