Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो

एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो

एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो

सोमवार, माघ १४ २०८१
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रूपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् ।

सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

आठविसकोट शाखासहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८६ एटिएमहरू र १० एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित समाचार