२०८१,माघ १६ गते
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने भएको छ ।
माघ १५ गते बसेको संचालक समितिको बैठकले आगामी फागुन १ गतेबाट बैंक बित्तिय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालको बैंक बित्तिय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढदै गईरहेको छ । कर्जा प्रवाह पछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गईरहेका छन । ऋणी संग उद्योग व्यवसाय संचालनको उचित ज्ञान नहुने र कर्जा प्रवाह पछि बैंक बित्तिय संस्थाले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमशः खराब हुंदै गईरहेको हो ।
बैंक बित्तिय संस्थाको खराब कर्जाको बर्तमान अवस्थालाई समयमै संबोधन नगर्ने हो भने देश ठूलै संकटमा पर्ने देखिन्छ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुंदा पनि नयां कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गर्दैछ । समय हुंदै यो समस्या समाधानको लागि बैंक बित्तिय संस्थाले विशेषज्ञहरूको सेवा लिन आवश्यक छ ।
सोही सिलसिलामा नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक बित्तिय संस्था र ऋणी बिचमा पुलको रूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो । नेक्सजेन म्यानेजमेन्ट बैंक बित्तिय संस्थाका पूर्व कार्यकारी प्रमुखहरूको संस्था हो ।यो कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आईरहेको छ ।
नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाह पछि न्यूनतम शुल्कमा परमर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्नेछन ।यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणालि र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन ।
त्यसै गरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकिय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाईएको छ । यो कार्यक्रममा नेक्सजेन र बैंक बित्तिय संस्था बिच सम्झौता हुने र निश्चित तोकेको रकम भन्दा बढीको कर्जा प्रवाह हूंदा बैंकले नै न्यून सेवाशुल्क तोकेर नेक्सजेन र ऋणी लाई आवद्ध गराउने र नेक्सजेनले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहि स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने कार्यक्रम रहेको छ । यस्तो परामर्श सेवा ऋणी आफैले सम्झौता गरेर पनि लिन सक्नेछन ।
देशमा आर्थिक संकट गहिरिंदै गएको र खराब कर्जाको बोझ बढदै गईरहेको परिप्रेक्षमा नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकिय परामर्श सेवा बैंक वित्तिय संस्था र ऋणी सबैलाई उपयोगि र फलदायी हुने विश्वास लिइएको छ ।
