Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सूर्यज्योतिको ‘एमडिआरटी मिट–२०२५’ सम्पन्न

सूर्यज्योतिको ‘एमडिआरटी मिट–२०२५’ सम्पन्न

अर्थ प्लस
सूर्यज्योतिको ‘एमडिआरटी मिट–२०२५’ सम्पन्न

काठमाडौं , माघ १६ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट– २०२५ चन्द्रागिरि हिल्स रिजोर्टमा सम्पन्न गरेको छ ।

अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी एमडीआरटी २०२५ का लागि छनौट भएका उत्कृष्ट अभिकर्ताहरुलाई सूर्यज्योतिले सम्मान गरेको हो ।

एमडीआरटी २०२५का लागि छनौट अभिकर्ताहरुमध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी)का लागी सम्मानित भएका हुन् ।

कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशव प्रसाद भट्टराई, संचालक सदस्यहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, क्षेत्रीय प्रबन्धकहरुका साथै एमडिआरटी २०२५ का लागि छनौट भएका सम्पुर्ण व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अन्तराष्ट्रिय स्तरको अभिकर्ताहरुको भेलामा आफुलाई नेपालको प्रतिनिधित्व गर्दै सम्मानित हुने अवसर पाउने भएकोले आगामी वर्षलाई कम्पनीले बिशेष प्राथामिकता दिई एमडीआरटी संख्यामा उल्लेखनिय रुपमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

हाल सूर्यज्योतिको चु्क्ता पूँजी ५ अर्ब १ करोड, कुल लगानी ४२ अर्ब ४२ करोड रुपैयाँ छ ।यस्तै, जीवन बीमा कोष्मा ३८ अर्ब ३ करोड राखेको छ । कम्पनीमा जारी बीमालेख संख्या ३१ लाख ७२ हजार ५१०, प्रशिक्षित अभिकर्ता संख्या १ लाख १ हजार १०० र देशभर रहेका १७४ शाखा संजाल छन् ।

सम्बन्धित समाचार