Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

क्रेस्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

क्रेस्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

क्रेस्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

२०८१,माघ १७ गते

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ३.४२ गुणा बढी आवेदन परेको छ।

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म क्रेस्ट माइक्रो लाइफको आइपीओमा २७ हजार २५४ आवेदकबाट ७ लाख ६९ हजार २५० कित्ताका लागी आवेदन परेको छ ।

कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आइपीओ जारी गरेको छ।  नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।  जसमध्येबाट  कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आइपीओमा माघ २९ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। यो आइपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

सम्बन्धित समाचार