२०८१,माघ २१ गत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन फागुन २३ गतेपछि सकिने भएको छ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले शेयरको लकइन अवधि सकिनु एक महिनाअघि सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने भएकाले कम्पनीले एक महिनाअघि माघ २१ गते सूचना जारी गरेको हो।
कम्पनीको संस्थापक तर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० कित्ता शेयर लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारणमा २०७८ साल फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन २४ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा बाँडफाँट भएको मितिबाट संस्थापक र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म लकइन अवधिमा रहेको थियो ।
लकइन अवधि समाप्त भएपछि कम्पनीको यी शेयर कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
