२०८१,माघ २२ गते
काठमाडौं। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
