Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

२०८१,माघ २४ गते

काठमाडौँ। सूर्य नेपाल प्रा.लि.ले नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ । नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको हो । 
यसैक्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ । 

सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याइरहेको छ । सो क्रममा उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीहरूको मन जित्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको छ ।
सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरूमा उपलब्ध छ । अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सकिने कम्पनीको दावी छ । 

यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार