२०८१,माघ २४ गते
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ।
साथै,उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणमा पेस गर्ने निर्णय समेत गरेको छ। प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।
