Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश

आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश

आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश

२०८१,माघ २४ गते
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।

‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ ।

मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’

प्रचण्डले यसो भनेको केही मिनेटमा कांग्रेस सभापति शेरबहादुर देउवा भने संसदमा पुगेका थिए ।

सम्बन्धित समाचार