Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन रि इन्स्योरेन्सद्वारा ६१.६९ करोड खुद नाफा आर्जन

हिमालयन रि इन्स्योरेन्सद्वारा ६१.६९ करोड खुद नाफा आर्जन

अर्थ प्लस
हिमालयन रि इन्स्योरेन्सद्वारा ६१.६९ करोड खुद नाफा आर्जन

काठमाडौं, माघ ३० । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो अवधिसम्म २ अर्ब २९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.९० प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी भने ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ थियो ।  

यो अवधिमा कम्पनीको खर्च २५.९१ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब १८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  

दोस्रो त्रैमाससम्म कम्पनीको महावित्तपी कोषको आकार १५ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार ४६ करोड ८ लाखबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पीई अनुपात ६७.२८ गुणा कायम भएको छ ।  

सम्बन्धित समाचार