Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

२०८१,माघ ३० गते

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

माघ २९ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँको आधारमा २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष कम्पनीले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस कम्पनीले पनि नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको चुक्तापूँजी कायम गरिसकेको छ । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित समाचार