Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा गदै 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा गदै 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा गदै 

२०८१,माघ ३० गते

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडले फागुन २५ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्ने निर्णय गरेको हो । सभा आम्रपालि बैंक्वेट, भाटभटेनी, नक्साल, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।

यस वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको आधारमा कर समेत ९ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेखा गर्ने र नियामक निकायबाट कुनै फेरबदलको निर्देशन भएमा त्यसको जिम्मेवारी सञ्चालक समितिले पुरा गर्ने गरी अख्तियारी प्रदान गर्ने विषय पति सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन ८ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

सम्बन्धित समाचार