Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रेम डट वर्क र गुरु ट्राभल्सले व्यवसायिक सहकार्य गर्ने

रेम डट वर्क र गुरु ट्राभल्सले व्यवसायिक सहकार्य गर्ने

रेम डट वर्क र गुरु ट्राभल्सले व्यवसायिक सहकार्य गर्ने

२०८१,फागुन १ गते
काठमाडौँ। नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित रेम डट वर्कबिच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

रेम डट वर्कका प्रतिनिधि हेड अफ डिपार्टमेन्ट दिव्या खतिवडा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलद्वारा हस्ताक्षरित उक्त सहमतिपत्र एक विशेष कार्यक्रमकाबिच सार्वजनिक गरियो ।

सहमतिपत्र अनुसार, रेम डट वर्कका कर्मचारी तथा ग्राहकहरूले गुरू ट्राभल्स लिमिटेडमार्फत विभिन्न ट्राभल प्याकेजहरूमा विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्नेछन् ।

त्यस्तै, गुरू ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले रेम डट वर्कमार्फत प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष अफर तथा सुविधाहरू प्राप्त गर्नेछन् ।

कार्यक्रममा रेम डट वर्कका हेड अफ डिपार्टमेन्ट प्रतिनिधि दिव्य खड्काले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गुरू ट्राभल्स लिमिटेडसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार