Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु

रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु

रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु

२०८१,फागुन १ गते

काठमाडौँ। रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ आयोजना  गरेको छ । आजदेखि सुरु भएको महोत्सव फागुन ३ गतेसम्म सञ्चालन हुने एकेडेमीले जनाएको छ । 

प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिएको जनाइएको छ । 

यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ। विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य भएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा ४९ स्टलहरू रहेका छन् । जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएको जनाइएको छ । 

सम्बन्धित समाचार