Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा

२०८१,फागुन १ गते

काठमाडौं । नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज फागुन १ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिउको हो।

यो इच्छुक जोकाही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १० अंकले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ। शेयर खरिदका लागि चैत ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिन्छ।

 

सम्बन्धित समाचार